अनलाइनडबली संवाददाता ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले पार्टी एकतामा भागबण्डा नहुने बताएका छन् ।

चुनाव एमालेले ६० प्रतिशत र माओवादी केन्द्रले ४० प्रतिशत उम्मेदवार भागबण्डा भएका गरिएको थियो । त्यहीअनुसार पार्टी एकतामा पनि हुने चर्चा चलिरहेको बेला सचिव ज्ञवालीले त्यो सम्भव नभएको बताए ।

“एकता दुबै पार्टीलाई सम्मानजनक अवस्था हुनेगरी हुन्छ तर चुनावमा जस्तो ६० र ४० को भागबण्डा हुँदैन” ज्ञवालीले एक अन्तरवार्तामा भने । उनले नेताहरुको क्षमताअनुसार जिम्मवारी पाउने बताए ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आइतबार साँझ भएको भेटवार्तापछि पार्टी एकता चाँडै हुने भनिएपनि सचिव ज्ञवालीले भने फागुन जाने बाताए । केही वैचारिक र सांगठानिक कामहरु गनुपर्ने भएका कारण एकता फागुनसम्म जाने सचिव ज्ञवालीको तर्क छ ।

माओवादी केन्द्रले पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढाउनु पर्ने बताउँदै आएपनि अध्यक्ष ओली निकट ज्ञवालीले सरकार गठन पहिले हुने समेत बताए । उनले नेताहरुको व्यवस्थापनको लागि पार्टी एकता नभएको दाबी समेत गरे ।

ज्ञवालीले अाज (सोमबार) दिउँसो दुबै पार्टीको अान्तरिक बैठक बस्ने समेत जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार