
प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशनमा बसेका डा. गोविन्द केसीलाई अनशनस्थलबाटै पक्राउ गरिएको छ ।
सर्वोच्च अदालतको आदेशबमोजिम उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
सर्वोच्च अदालतले डा. शशी शर्मालाई डीनमा पुनर्वहाली गर्न आदेश जारी गरेको भोलिपल्ट सोमबार डा. केसीले पत्रकार सम्मेलन गरेर प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गरेका थिए ।
त्यसलगत्तै सर्वोच्च अदालतले अनशनमा बसेका केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेपछि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।
उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखेर बिहान अदालतमा बुझाउने तयारी भएको छ ।







