नेपालमा पहिलो पटक चिनियाँ इन्टरनेट पुगेको छ । योसँगै नेपाल र चीन व्यावसायिक तवरले सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभिटी)मा जोडिएका छन् ।

लामो प्रयासपछि नेपालको नेपाल टेलिकम र चीनको चाइन टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को व्यावसायिक सेवा शुरु भएको छ । नेपाल टेलिकमले विशेष कार्यक्रमको अायोजना गरी शुक्रबार औपचारिकरुपमै व्यावसायीक सेवा शुरु भएको घोषणा गरेको हो ।

अब दुबै देशका टेलिकमले एक अर्काका देशमा दूरसञ्चार व्यवसाय विस्तार गर्न पाउने सक्नेछन् । नेपाल १ दशमलब ५ जिबी प्रतिसेकेण्ड क्षमताको दूरसञ्चार सेवासँगै चीनसँग सम्पर्क विस्तार भएको छ ।

सूचना महामार्गमा भारत र चीन दुवैतिरबाट नेपाल जोडिएको छ । अन्तरदेशीय सम्पर्कमा वैकल्पिक मार्गप्रशस्त भई नेपाल–चीनबीच छोटो दूरीमा दूरसञ्चार व्यवसाय शुरु हुनुलाई उपलब्धिमूलक मानिएको छ ।

आगामी दिनमा सस्तो र सुलभ दरमा दूरसञ्चार सेवा आदानप्रदान गर्न सकिनुका साथै चीन र भारतबीचको पारबाहन सम्पर्कस्थल (ट्रान्जिट प्वाइन्ट)का रुपमा नेपाललाई विकास गर्न सकिने भएको छ ।

चीनबाट पहिले पटक लिएकाे फाष्ट गतिकाे इन्टरनेट सेवाले भारतकाे इन्टरनेट व्यापारमा घाटा हुनेभएपछि भारतीयहरू थव तनावमा परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार