प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनेर ढुक्कले पाँच वर्ष मुलुक चलाउनको लागि पूनः प्रस्ताव गरेका छन् ।
देउवा निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डलाई उनले फोन गरेर हिजोमात्रै ढुक्कले पाँच वर्ष प्रधानमन्त्री बनेर देश चलाउनको लागि ठाडो प्रस्ताव गरेका हुन् । तर, प्रचण्डले जवाफमा आफू जनमतको विरुद्धमा जान नसक्ने बताउँदै यतिवेला सम्पूर्ण ध्यान एमाले–माओवादीवीच एकतामा खर्चिने स्पष्ट पारेका थिए ।
तर देउवाले पटक पटक प्रचण्डलाई लोभ देखाउँदै आफूले प्रधानमन्त्री बनेर धेरै चलाएको अब अब तपाई प्रधानमन्त्री बन्नुहोस् कांग्रेसले बाहिर बसेर सघाउने वचन दिएका थिए । त्यतिमात्रै नभएर देउवाले एमालेसँग पार्टी एकता भएपनि तपाई नेतृत्वमा पुग्नै सक्नुहुन्न भन्दै प्रचण्डलाई यस्तो कुरा ठोकुवा नै गरेका थिए ।
देउवाको भनाई बडो चाख दिएर सुनेका प्रचण्डले अन्तिममा अहिले हतार नगरौं भन्दै उनको प्रस्ताव टारेका छन् ।







