नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल उपचारका लागि दिल्ली प्रस्थान गरेकी छिन्।

अध्यक्ष दाहालको सचिवालयका अनुसार सीता नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली प्रस्थान गरेकी हुन्। उनको साथमा भरतपुरकी मेयर समेत रहेकी छोरी रेणु दाहाल र गंगा दाहाल समेत रहेका छन्।

अध्यक्ष दाहालकाे सचिवालय स्राेतका  अनुसार सीतालाई सुगर, प्रेसर र थाइराइडको समस्या छ।

छोरा प्रकाश दाहालको निधनपछि निराशाका कारण उनको स्वास्थ्य समस्या बढेको हो। सीतालाई निन्द्रा नलाग्ने समस्या देखिएपछि उनकै आग्रहमा अध्यक्ष दाहालले लाजिम्पाट निवास छाडेका थिए।

हाल दाहाल सीतासँगै खुमलटार बस्दै आएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार