गुण्डा नाइके दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ ।

सर्वोच्चले ज्यान मुद्दामा मनाङ्गेलाई सजाय सुनाएको हो । अर्का गुण्डा नाइके गणेश लामासहित चार जनाले भने सफाइ पाएका छन् ।

डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । तर, सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् ।

दीपक मनाङ्गेको समूहमाथि ०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको मुद्दा परेको थियो । जिल्ला अदालत काठमाडौंले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएकाे छ ।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत गएको थियो । अदालतले यसलाई ज्यानमुद्दा भन्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

अरुलाई पनि जेल सजायको माग गर्दै सरकारी वकिलको कार्यालय सर्वोच्च गएको थियो । न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदनकै फैसलालाई सदर गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार