नेपालका तत्कालीन राजा वीरेन्द्र शाहको हत्यामा अमेरिका र भारतको हात रहेको चीनले बताएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको सरकारसँग निकट सम्वन्ध रहेका चिनियाँ प्राध्यपक वाङ चुङले वीरेन्द्रको हत्यामा भारत र अमेरिकाको खुनी हात रहेको दाबी गरेका छन् ।

‘नेपालको सुरक्षात्मक रणनीति’ नामक पुस्तकमा चिनियाँ प्राध्यपक वानले यस्तो खुलासा गरेका हुन् ।

हालै नेपालका एक राष्टवादी बुद्धिजीविका रुपमा रहेका युवराज गौतमले नागरिक दैनिकमा लामो लेख लेखेर तत्कालीन राजा वीरेन्द्रको हत्या भारतकै डिजाइनमा भएको थप दाबी प्रस्तुत गरेका छन ।

गौतमले चिनियाँ प्राध्यापक वाङकाे लेखलार्इ अाधार बनाएर लेखेका छन् –

‘२०५३ साल भदौको पहिलो हप्ता चीनका राष्ट्रपति जियाङ जेमिनको निमन्त्रणामा राजा वीरेन्द्र चीन भ्रमणमा गएका बेला नेपालमा ठूलो आर्थिक लगानी गर्न चीनले चासो देखाएको थियो भने नेपाल र चीनबारे विकसित हुँदै गएको नयाँ आयामप्रति भारत र पश्चिमा राष्ट्रहरू निकै सशंकित भएको पाइन्छ । राजा वीरेन्द्रको हत्याकाण्डमा यी सबै घटनाक्रम जोडिएको हुन सक्ने कतिपयको विश्लेषण छ ।

‘नेपालको सुरक्षात्मक रणनीति’ नामक पुस्तकमा चीनका प्राध्यापक वाङ चुङले राजा वीरेन्द्रको हत्यामा भारत र अमेरिकाको ‘खुनी हात’ रहेको भन्दै कठोर आलोचना गरेका छन् । गिरिजाप्रसाद कोइरालाको मृत्युको केही दिनपछि एउटा दैनिक पत्रिकामा प्रकाशित एउटा लेखमा पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाले त्यस्तै आशंका गरेका छन् भने गिरिजाप्रसाद कोइरालाको आत्मवृतान्त ‘आफ्नै कथा’मा भारतीय गुप्तचर संस्था ‘रअ’को योजनाअनुसार नेपाली कांग्रेसले नेपालको विमान अपहरण गरेर भारु ३० लाख रुपैयाँ लुटेको, नक्कली भारतीय नोट छापेको र युरेनियम ओसारपसार गरेको स्वीकार गरेका छन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार