गुन्डा पृष्ठभुमीका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई प्रहरीले पक्राउ गरी जेल चलान गर्ने भएको छ।

पुरानो मुद्दाका कारण उनी जेल बस्नुपर्ने भएको छ। सर्वोच्च अदालतले मनाङ प्रदेशसभातर्फ विजयी सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय गर्ने फैसलालाई सदर गरेपछि उनी फरार अभियुक्त भएका छन् ।

न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) को फैसला सदर गर्ने निर्णय गरेको हो।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार, सरकारी वकिलले दर्ता गरेको पुनरावेदनमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने निर्णय सुनाएको हो।

पुनरावेदन अदालतले ०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो भने ज्यान मुद्दाका अन्य चार अभियुक्त रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई भने सफाइ दिएको थियो।

स्रोतका अनुसार उनलाई प्रहरीले पक्राउको तयारी गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार