शनिबार संरा अमेरिका र क्यानाडामा एकैसाथ विभिन्न शहरमा ५ लाख महिलाले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पका विरूद्ध विराेध प्रदर्शन गरेका छन् ।
संरा अमेरिकाका न्यूयोर्क, सिकागो, सान फ्रान्सिको, हस्टन, लस एन्जल्स, वाशिङ्टन डीसी र क्यानाडाका विभिन्न शहरमा महिलाहरुले विशाल प्रदर्शनहरु गरेका थिए ।
महिला अधिकार, सामाजिक न्याय, बेरोजगारी समस्या, शरणार्थी समस्या, पूँजीवादी आर्थिक सङ्कट, स्वास्थ्य तथा शिक्षा, रङ्गभेद आदि विभिन्न विषयहरुलाई लिएर अमेरिकामा महिलाहरुको प्रदर्शन भएका हुन् ।
पूँजीवादी आर्थिक संकटसँगै अमेरिकी नागरिकमा त्यहाँको सरकारप्रति तीब्र आक्रोश र असन्तोष फैलिएको छ ।
तस्बीरः सिन्ह्वा







