माओवादी केन्द्रका विद्रोही नेता गोपाल किरातीले प्रचण्डलाई आफुहरुले लेनिन र माओ बनाउन खोजेपनि उनकै कारण त्यो संभव नभएको बताएका छन ।

लेनिन र माओले रुस र चीनमा वर्गीय आन्दोलनसँगै उत्पीडित जाती र अल्पसंख्यक जातीहरुको मुक्तिको आन्दोलनलाई सफल बनाउन सकेको तर नेपालमा प्रचण्ड त्यसमा असफल भएको अरोप लगाएका छन् ।

जनपाटी अलनाइनसँग संक्षिप्त कुराकानी गर्दै माअाेवादी केन्द्रका नेता किरातीले प्रचण्डले अहिले वर्गीय र जातीय अान्दाेलनकाे नेतृत्व गर्न असफल भएकाे समेत बताए ।

माअाेवादी केन्द्रले एमालेसँग एकता गर्न खाेजेर विलयकाे बाटाे समाएकाे भन्दै किरातीले अाफु प्रचण्डसँग सती नजाने बताए ।

‘प्रचण्डले एमालेसँग विलयकाे बाटाे राेजेका छन्, मैले त्यसलार्इ अस्वीकार गरेकाे छु ।’ उनले भने, ‘एमालेले माअाेवाद र पहिचानकाे मुद्धा मान्दैन भने अनि कसरी एमालेमा विलय हुन गइन्छ ?’

वर्गीय अान्दाेलन रक्षात्मक चरणमा रहेकाे बेला जातीय मुक्तिकाे अान्दाेलन पनि कमजाेर भएकाे भन्दै किरातीले नेपालमा लेनिन र माअाेकाे खाेजी भएकाे बताए ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी नयाँ क्रान्ति गर्न खाेजिरहेकाे बेला किरातीले विप्लव र एकीकृत क्रान्ति इतिहासकाे गंभीर अग्नी परीक्षामा रहेकाे बताए ।

‘मलार्इ विप्लवजीकाे स्पिरिटमा कुनै शंका छैन, तर उहाँले उत्पीडित जातीकाे मुक्तिकाे प्रश्नमा के साेच्नु भएकाे छ ?’ किरातीले भने- ‘मैले उहाँलार्इ नेतृत्वकाे रूपमा पहिल्यै स्वीकार गरेकाे हुँ तर उहाँले जातीय मुक्तिकाे प्रश्नमा कस्ताे धारणा लिनु हुन्छ, त्यसैमा उहाँसँग सहकार्यकाे ढाेका खुल्नेछ ।’

साथै उनले विप्लव लेनिन र माअाे बन्न सक्ने या नसक्ने भन्ने ठूलाे परीक्षामा रहेकाे समेत बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार