जनवादी जनगणतन्त्र कोरियाले हालै अमेरिकाले थोपरेको थप एकपक्षीय नाकाबन्दीले समग्र कोरियाली प्रायःद्विपमा ‘चिसो पानी खन्याउने’ काम भएको बताएको छ ।
प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले सोधेको एक प्रश्नका जवाफमा परिचय नखुलेका विदेशमन्त्रालयका प्रवक्ताले एकपक्षीय नाकाबन्दी संरा अमेरिकाको ‘नृशंस नीतिको बिस्तार’ भएको बताए ।
अमेरिकाको अर्थ विभागले गएको बुधबार अमेरिकी नाकाबन्दी कानुन मिचेको भन्दै दश जनाभन्दा बढी व्यक्तिहरु, केही सम्पत्ति र यातायातका साधनमाथि नाकाबन्दी थोपरेको घोषणा गरेको थियो ।
अमेरिकी नाकाबन्दीलाई उत्तर कोरियाली सरकारी अधिकारीले ‘सार्वभौमिकतामाथि हमला र उत्तेजना फैलाउने कुटिल चाल’ भएको बताए ।
उत्तर कोरियाले संरा अमेरिकाले आफूविरुद्धको नृशंस नीति त्याग्न र कोरियाली प्रायःद्वीपको तनावमा ध्यु थप्ने काम नगर्न चेतावनी दिंदै आएको छ ।
सिन्ह्वा







