जनबाटो संवाददाता ।

नेपाल कम्युनिष्ट पार्टी निकट मगर मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेला नवलपुरको गैडाकोटमा सम्पन्न भएको भेलाले  छ । “दलाल संसदीय पूँजीवादी व्यवस्था विरुद्ध संघर्ष गरौं ! वैज्ञानिक समाजवाद र स्वशासनको पक्षमा प्रथम राष्ट्रिय भेला सफल पारौं !!” नारा सहित सुरु भएको भेलाको उद्घाटन नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले गरेका थिए ।

भेला सम्पन्न भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै अध्यक्ष गमवहादुर श्रीस मगरको संयोजकत्वमा ४९ सदस्यीय सम्मेलन आयोजक समिति घोषणा गरेको छ । भेला पछिको वैठकले ५ सदस्यीय कार्यालय टिम गठन गरेको छ, जसमा गमवहादुर श्रीस मगर, सुदर्शन मंगोल, निरु थापा मगर, इन्द्र घर्ती मगर र मोहन सारूमगर रहनु भएको छ ।

त्यसैगरि माघ १५ देखि वैशाख १५ सम्म तीन महिने “एकीकृत मगर जनजागरण अभियान” सञ्चालन गर्ने निर्णय समेत गरिएको अध्यक्ष श्रीस मगरले पत्रकार सम्मेलनमा जानकारी दिए । सम्मेलनको अवसरमा वितरित विज्ञप्तीमा दलाल संसदीय व्यवस्थाभित्रको नक्कली संघीयताले मगर जाति एवं उत्पीडित समुदायको समस्या समाधान नहुने त्यसका लागि वैज्ञानिक समाजवादमा मात्र मुक्ति सम्भव रहेको उल्लेख गरिएको छ ।

मगरात स्वायत्त प्रदेश स्थापना, राज्यको अंगहरुमा समानुपातिक समावेशी र अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्ने मोर्चाले जानकारी दिएको छ ।

सम्मेलन माघ १२ गते उद्घाटन भएर १३ गते समापन भएको हो । बन्दसत्रमा अध्यक्ष गमवहादुर श्रीस मगरद्धारा राजनीतिक प्रतिवेदनमाथि २८ जिल्लाबाट सहभागी प्रतिनिधि तथा पर्यवेक्षकहरुले ४ वटा समूह बनाएर छलफल गरेका थिए ।

भेलामा क्षितिज सांस्कृतिक परिवार लुम्बिनी व्युरो, रक्तरञ्जित सांस्कृतिक परिवार कपिलवस्तु र जलजला सांस्कृतिक परिवारद्धारा क्रान्तिकारी नाँच तथा गीतहरु प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार