राताेखबर संवाददाता ।

नेपाल कम्युनिस्ट पार्टीले सोमबारबाट देशब्यापी रुपमा एकीकृत जनजागरण अभियान शुरू गरेको छ ।

विभिन्न जिल्लामा साना ठुला सभाहरु आयोजना गरी अभियानको उद्घाटन गरिएको नेकपाले जनाएको छ । यसैविच नेकपा मध्य केन्द्रीय कमाण्ड अन्र्तगत उपत्यका ब्युरोको आयोजनामा काठमाडौंमा एक सभा सम्पन्न भएको छ ।

उपत्यका व्युराेअन्तर्गत भएकाे जनजागरण अभियानलाई नेकपाका केन्द्रीय सदस्यहरु मकर गुरुङ, आजाद केसी, महिला नेतृ धिरेन्द्रा उपाध्याय, विद्यार्थी नेता दिपेन्द्र चलाउनेलगायतले सम्बोधन गरेका छन् ।

उनीहरुले राष्ट्रियता र जनजीवीकाका सवालहरुमा सरकार गैर जिम्मेवार भएको बताउदै उपत्यकाको धुलो धुवा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसैगरि चितवनमा पनि एक सभाको आयोजना गरी एकीकृत जनजागरण अभियान उदघाटन गरिएको छ । उदघाटन कार्यक्रमलाई केन्द्रीय सदस्य आधार, चितवन इन्चार्ज लालबहादुर बिसीलगायतले सम्बोधन गरेका थिए ।

यस्तै पूर्वी कमाण्ड अन्तर्गत मेचीको झापामामा एक सभा सम्पन्न गरिएको छ । सभालाई नेकपाको केन्द्रीय सदस्य निर्मलले सम्बोधन गरेका छन् । जनकपुरको धनुषामा पनि सभा सम्पन्न भएको छ । सभालाई पार्टीका केन्द्रीय सदस्य देवनारायण शाह र धनुषा इन्चार्ज राजु कार्कीलगायतले सम्बोधन गरेका छन् ।

यस्तै पश्चिम कमाण्ड अन्तर्गत तनहू र बाग्लुङमा पनि छुटटा छुट्टै सभा सम्पन्न भएका छन् । उता पाल्पा, बुटवल र कपिलबस्तुमा पनि सभाहरु सम्पन्न भएका छन् । सभाहरुमा नेकपाका केन्द्र र जिल्ला तहका नेताहरुले सम्वोधन गरेका छन् । नवलपुरमा अायाेजित अभियानकाे उदघाटन नेकपाका पाेलिटव्युराे सदस्य वीरजंगले गरेका थिए ।

पाल्पामा भएको सभालाई नेकपाका केन्द्रीय सदस्य विजय बुढा, पाल्पा इन्र्चाज पार्वती विकलगायतले सम्बोधन गरेका छन् । सभामा बोल्ने वक्ताहरुले जनजागरण अभियान राष्ट्रघातका विरुद्ध जनतामा जागरण पैदा गर्ने अभियान भएको बताएका छन् । यस्तै सुदरपश्चिम कमाण्ड अन्तर्गतका विभिन्न जिल्लाहरुमा पनि सभाहरु सम्पन्न भएका छन् ।

तिन महिना सम्म मेची देखि महाकालीसम्म चल्ने सो अभियानमा नेकपाले राष्ट्रघातका विरुद्ध जनतालाई सचेत गराउने, आफ्नो आन्तरिक पार्टी पंक्तिलाई सुदृढ र विस्तार गर्ने बताएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार