नेकपा माओवादी केन्द्रका दुई चर्चित नेता झक्कु सुवेदी र लेखनाथ न्याैपानेले राजिनामा दिएपछि माकेमा ठूलाे भूकम्प पैदा भएकाे छ ।
माके प्रदेश नम्बर ३ का संयोजक समेत रहेका नेता सुवेदीले राजिनामा पत्र केन्द्रीय कार्यालयमा पेश गरेका छन् । त्यसैगरी काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले पनि राजिनामा दिएका छन् । पेरिसडाँडा उच्च स्राेतका अनुसार सुवेदी र न्यौपानले एक महिना पहिले नै राजिनामा दिइसकेको बताइएको छ ।
सुवेदी स्थायी समिति सदस्य हुन् भने न्यौपाने पोलिट्ब्यूरो सदस्य । माके उच्च स्रोतका अनुसार प्रतिनिधि र प्रदेशसभामा पार्टीले खराब परिणाम ल्याएको भन्दै दुबै नेताले नैतिक रुपमा जिम्मा लिँदै राजनामा दिएका हुन् ।
एमालेसँगको एकताप्रति पनि दुबै नेताहरुले फरक मत राख्दै अाएका छन् । केही दिन पहिले पार्टीकै एउटा कार्यक्रममा इन्चार्ज न्यौपानेले माकेले एमालेमा विलय हुन लागेको तर त्यो भन्न नमिल्ने भएका कारण अाफू चुप लागेको बताएका थिए ।
माके ३ नम्बर संयोजक सुवेदीले पहिलो संविधान सभामा एमाले नेता माधव कुमार नेपाललाई हराएर चर्चामा अाएका थिए भने न्यौपानले लामो समय अखिल क्रान्तिकारीको शसक्त नेतृत्व गरेका थिए ।
यी दुर्इ नेताकाे राजिनामले पार्टीमा ठूलाे हलचल ल्याएका त्यही पार्टीका नेता र कार्यकर्ताहरूले बताउने गरेका छन् ।







