नेकपा क्रान्तिकारी माअाेवादीका कार्यकर्ताहरूले भारतले नेपालकाे भूमि मिचेकाे ठाउँमा विराेध प्रर्दशन गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग र अखिल (क्रान्तिकारी)का नेताहरु भारतले ५० विघाभन्दा बढी नेपाली भूमि मिचिएको सीमा स्थल विरगञ्ज महानगरपालिका–१ मा पर्ने छपकैयामा पुगेर भारतीय विस्तारवादी शासकहरुका विरुद्ध चर्का नाराबाजी गरेका छन् ।
छपकैयाको ५० विघा लगायत अहिलेसम्म अतिक्रमण गरिएका सबै नेपाली भूमि फिर्ता गराइछाड्ने उद्घोष गरेका छन् । छपकैयामा सीमा स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटका दरले करिब तीन किलोमिटर दुरीमा ठाउँ–ठाउँमा नेपाली मिचिएको छ ।
नेपालको राष्ट्रिय झण्डा र व्यानरसहित सीमास्थल पुगेका क्रान्तिकारी युवा र विध्यार्थीहरुले बर्षौदेखि भोगचलन गर्दै आएको जमिन भारतीय भूमिमा परेपछि विरोध गर्दै आएका स्थानीय पीडितहरुसँग भेटघाट कुराकानी समेत गरेका छन् ।







