लामाे तनावपूर्व अवस्थाकाे बीच उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहराएको छ ।

दक्षिण कोरियामा भइरहेको शीतकालीन ओलम्पिकका लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झण्डा फराइएको हो ।सन् १९५० देखि १९५३ सम्म जारी दुई कोरियाबीचको द्वन्द्वबाट अलग भएका यी दुई देश अझैपनि प्राविधिकरुपमा युद्धमै छन् ।

 तर यस खेलकूदका कारण भने अहिले उनीहरुबीच शान्ति सम्झौता नभए पनि आपसमा समझ्दारी बढिरहेको पाइएको छ ।

उत्तर कोरियाको झण्डा फहराइएको उक्त विशेष कार्यक्रममा दुवै देशका नागरिक, स्वयंसेवी र अन्य अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार