माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको समय कुटनीतिक र राजनीतिक अभ्यास अनुकूल नभएको टिप्प्पणी गरेका छन्।
शुक्रबार बिहान सामाजिक संजाल ट्वीटरमार्फत उनले विदेश मन्त्री स्वराजको भ्रमणबारे सो टिप्पणी गरेका हुन्।
‘सुष्मा स्वराजको नेपाल भ्रमण सामान्य कुटनीतिक र राजनीतिक अभ्यास अुनकूल छैन्’,ट्वीटरमार्फत उनले भनेका छन्, ‘हामीले आफ्नो प्रतिष्ठा कायम गरी राष्ट्रिय स्वार्थमा केन्द्रीत हुनुपर्छ।’
माअाेवादी केन्द्रका वरिष्ठ नेता नारायणाजीकाे यस्ताे टिप्पणीले माकेमा ठूलाे विवाद निम्तिएकाे बुझिएकाे छ ।







