वर्गयुद्ध लडेको किन ?
राज्यसत्ता खोसेर लिनलाई
राज्यसत्ता खोस्ने हो किन ?
जनतालाई अधिकार दिनलाई

गीतका शव्दहरु निकै बलवान र शक्तिशाली छन् । तर व्यवहारमा हेर्दा अर्कै छ ।

केही समयअघि मात्र ह्रदयघातका कारण निधन भएका जनवादी कलाकार खुशीराम पाख्रिनको सम्झनामा माओवादी केन्द्रका कलाकारहरुले केही दिन अघि काठमाडौंको नाँचघरमा सांस्कृतिक प्रस्तुती दिए ।

जहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख अतिथिको रुपमा उपस्थित थिए । जनयुद्धका सारा पुँजीलाई शान्तिसम्झौताका नाममा प्रचण्डले गरेको कदमले खुशीरामका गीतमाथि निकै गिज्जाइरहेको अनुभूति हुन्थ्यो ।

गीत क्रान्तिकारी थिए तर सुन्ने प्रचण्ड क्रान्तिकारी गीतबाट निकै टाढा भागेका नेता सहभागी दर्शकका रुपमा थिए ।

कार्यक्रममा सहभागी एक दर्शकका रुपमा म पनि उपस्थित थिए । जहाँ सांस्कृतिक कार्यक्रममा पं्रस्तुत गीतहरुले क्रान्तिकारी आन्दोलनको निकै ठूलो झल्को दिने गर्दथ्यो तर माओवादी केन्द्रले तय गरेको अहिलेको दक्षिणपन्थी विर्सजनवादी बाटोले गीतका कुनै पनि स्पिरिटसँग मेल खादैनथ्यो ।

कार्यक्रममा सहभागी धेरै दर्शकले क्षणभरको रोमान्सका लागि प्रचण्डले खुशीराम पाख्रिनलाई सम्झिन खोजेको देखाउन यस्तो कार्यक्रम गरेको बताउने गरेका थिए ।

कार्यक्रममा प्रस्तुत खुशीरामका विजाेडका नृत्यसहितकाे गीत :

https://www.facebook.com/manahari.timilsina/videos/1615831151797603/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार