
क्रान्तिकारी ध्रुवीकरणलार्इ जाेड दिदै अाइरहेका दुर्इ कम्युनिस्ट घटक नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)बीच उच्चस्तरकाे वार्ता सम्पन्न भएकाे छ ।
दुर्इ पार्टीका उच्चस्तरीय नेताहरूबीच अाइतबार सम्पन्न वार्तामा तीन बुँदे सहमति भएको छ ।
वार्तामा जनयुद्ध दिवससँगै मनाउने, राष्ट्रिय स्वाधीनता, भ्रष्टाचार, जनजिवीकाका विषयमा संयुक्त रुपमा संघर्ष गर्ने र कम्युनिस्ट आन्दोलनलाई एकीकृत र ध्रुवीकरण गर्ने दुबै पार्टीका शिर्ष नेताहरुबीच सहमति भएकाे वार्ता टोलीका नेताले बताएका छन् ।
अाजकाे बैठकमा भएकाे थप सहमतिअनुसार पार्टी एकतालार्इ थप अर्काे उचाइँमा लैजाने सहमति पनि भएको पनि बताइएको छ ।







