नेपाल कम्युनिस्ट पार्टी  निकट अखिल (क्रान्तिकारी) चितवनले बालकुमारी उच्च माध्यमिक विद्यालय नारयणगढका प्रधानध्यापक नारायण बहादुर थापालार्इ कालोमोसो दलेर कारबाही गरेको छ ।

नेकपा निकट क्रान्तिकारी विद्यार्थीले साेमबार यस्ताे कार्वाही गरेकाे हाे ।

नेकपा निकट अखिल क्रान्तिकारीले प्रधानध्यापक थापाले  विभिन्न बाहानामा विद्यार्थीसँग चर्को शुल्क लिएकाे, भौतिक पूर्वाधार निर्माणमा चरम लापरबाही गरेकाे, कर्मचारी शिक्षक नियुक्त गर्दा आर्थिक चलखेल गरेको लगायत अराेपमा कार्वाही गरेकाे संगठनले बताएकाे छ ।

यसअघि पनि संगठनद्धारा पटक पटक प्रधानध्यापक थापालार्इ अाफ्ना कमजाेरी सच्चाउन दिएकाे  तर कुनै सुधार नगरेकाे भन्दै यस्ताे कार्वाही गरिएकाे संगठनले बताएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार