प्रलाद न्याैपाने, मनमैजु ।
यो दृष्य काठमाडौंको मनमैजुको हो । जहाँ गाडी (माइक्रो)बाट यात्राका लागि यहाँका बासिन्दाहरु अनुशासित भएर लाइनमा उभिन्छन् ।
निकै लामो समयदेखि यहाँका बासिन्दाहरुले सभ्य र अनुशासित नागरिकको सन्देश दिने गरेका छन् ।
यही मनमैजुको सभ्यता र अनुशासनबाट पाठ सिकेर हुनुपर्छ अहिले काठमाडौंका धेरै ठाउँमा मान्छेहरु गाडीमा यात्रा गर्दा लाइनमा उभिने गर्दछन् ।
सभ्य नागरिकको परिचय दिने मनमैजुका यी बासिन्दाहरुबाट अरु नागरिकले पनि पाठ सिके काठमाडौंको भद्रगोल र अस्तव्यस्तता धेरैहदसम्म व्यवस्थित हुने छ ।
तस्बीरमा केही दृश्यहरु :

सभ्य नागरिककाे सन्देश दिदै मनमैजुका बासिन्दाहरू ।

सभ्य नागरिककाे सन्देश दिदै मनमैजुका बासिन्दाहरू ।








