
भ्रष्टाचारी चुडामणी शर्मालाई कारवाही गर, सम्पति राष्ट्रियकरण गर’ भन्दै नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट चूडामणि शर्मामाथि कारबाही गरेको छ ।
भ्रष्टाचारको अभियोगमा निलम्बित आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा मंगलबार तोडफोडसहित दिउँसो कालोझण्डा गाडिएको छ।
नेपाल कम्युनिस्ट पार्टीको अगुवाईमा चुडामणी शर्माको घरमा कालोझण्डा गाडिएको हाे ।अख्तियार दुरुपोग आयोगले भ्रष्टाचार मुद्दामा खोजी गरिरहेका शर्माको बूढानीलकण्ठस्थित घरमा नेकपाले कारबाहीस्वरुप कालोझन्डा गाडेकाे हाे ।
कारबाहीका क्रममा सहभागी ५० भन्दा बढी सामान्य जनतालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले यात्रुबाहक ३ वटा साधन पनि नियन्त्रणमा लिएको बताइएको छ ।

चुडामणिकाे घरमा अाक्रमण ।








