
माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले एमाले र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताएका छन् ।
प्रेस सेन्टर प्रदेश नं. ६ सुर्खेतद्वारा आज आयोजित कार्यक्रममा उनले भने, “अब एकता घोषणा हुन मात्र बाँकी छ, त्यसका लागि सकारात्मक छलफल भइरहेको छ, दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ ।”
नेता शर्माले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउँदै एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न आग्रह गरे ।
पार्टीको एकताको विपक्षमा जाने छुट कसैलाई छैन, उनले भने – “भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले एकतामा कुनै प्रभाव पार्ने छैन ।”







