छत्तीसगढको बस्तरमा माओवादी प्रभावित क्षेत्रमा पछिल्ला दिनहरूमा माअाेवादी कार्वाहीपछि राज्यलार्इ ठूलाे तनाव परेकाे छ।

बीबीसीका अनुसार तीन दिनदेखिको हिंसाका क्रममा गाडीहरू जलाइएको, ट्रेनका मालवाहक डिब्बाहरूलाई लिकबाट झारिएको र हत्याका घटनाहरू प्रकाशमा आएका छन्।
सोमवार माओवादीले दण्डकारण्यमा गरेको बन्दको प्रभाव भित्री क्षेत्रमा देखियो। बस्तर, बीजापुर, सुकमा, दन्तेवाडा, नारायणपुर लगायत जिल्लाका सदरमुकामहरूमा बाहेक अन्यत्र यातायात सेवा ठप्प रह्यो।
कैयौँ राजमार्गमा गाडीहरू पूर्ण रूपमा चलेनन्। केके रेलमार्गमा ट्रेनको आवाज सुनिएन। कतै माओवादीहरूले सडकहरू भत्काइदिएका थिए भने कतै सडकमा रूखहरू ढालिदिएका थिए।
नारायणपुर-ओरछा मार्गमा माओवादीहरूले सडक निर्माणमा प्रयोग गरिएका केही गाडीहरू जलाइदिए। अधिकारीहरू भन्छन्, एकातर्फ माओवादीहरूले विकासका कुरा गर्छन् भने अर्कोतर्फ विकासका गतिविधि रोक्छन्।
पछिल्ला दिनहरूमा भएका सबै घटनाका लागि माओवादी जिम्मेवार रहेको बताउँदै दन्तेवाडाका आइजी सुन्दरराज पीले भने, थोरै सुरक्षाकर्मीहरू भएका ठाउँहरूमा माओवादीले पछिल्ला आक्रमणहरू गरेको देखिन्छ। यसले माओवादी बलियो नभइ कमजोर भएको देखाउँछ।”
बीजापुरमा सन्दिग्ध माओवादीहरूले शनिवार एक दर्जनभन्दा बढी ट्रक र ट्र्याक्टर लगायतका सवारीसाधनमा आगो लगाएका थिए।







