नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले भारतीय पक्षबाट नेपाली सीमा मिचिएकाे भूमिमा मार्चपास गरेकाे छ ।

अखिल क्रान्तिकारीले पूर्वकाे कांकडभिट्टाबाट भारतीय हस्तक्षेपका विरूद्ध मार्चपास शुरू गरेकाे हाे ।

‘असमान सन्धि सम्झाैता खारेज गर, वैदेशिक हस्तक्षेप तथा सीमा अतिक्रमणका विरूद्ध विद्यार्थी प्रदर्शन’ नारा दिइएकाे अखिल क्रान्तिकारीलले पूर्वी क्षेत्रबाट शुरू गरेकाे हाे ।

मार्चपासमा भारतीय हस्तक्षेप बन्द गर ! दलाल संसदीय ब्यवस्था चांहिदैन/ देश बेच्न पाइदैन ! एकीकृत जनक्रान्ती जिन्दाबाद ! जस्ता नाराहरू लगाउँदै क्रान्तिकारी विद्यार्थीहरूले भारतीय शासकका विरूद्ध मार्चपास गरेका छन् ।

अाज बिहीबार क्रान्तिकारी विद्यार्थीकाे मार्चपास टाेली सुनसरी अाइपुगेकाे छ ।

भारतले हस्तक्षेप गरेको भूमिमा मार्चपास गर्दै नेकपा निकट क्रान्तिकारी विद्यार्थीहरु

भारतले हस्तक्षेप गरेको भूमिमा मार्चपास गर्दै नेकपा निकट क्रान्तिकारी विद्यार्थीहरु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार