माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसँग पार्टी एकता हुनेमा विश्वस्त नभएपछि प्रचण्डले ओलीलाई बाहिरै बसेर सहयोग गर्ने निचाेडमा पुगेका छन् ।

आज भएको ओली निवास बालकोटमा भएको वान–टु–वान भेटवार्तामा प्रचण्डले तत्काल पार्टी एकता हुने संभावना नदेखेपछि ओलीलाई बाहिरै बसेर सहयोग गर्ने बताएका हुन् ।

पेरिसडाँडा स्रोतका अनुसार प्रचण्डले यस्तो प्रस्ताव गरेपछि ओली भने झस्किएका छन् ।

प्रचण्ड निकट उच्च स्रोतले भन्यो,‘तत्काल एमालेसँग एकताको सुनिश्चितता् नदेखेपछि, प्रचण्डले बाहिर बसेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो, उहाँले ओलीजीलाई प्रधानमन्त्री बन्नुहोस् म सहयोग र समर्थन गर्छु भन्नुभएको छ।’

आजको भेटसँगै ओलीले एकताबारे गम्भीर निर्णय लिने बताउँदै भोली एकता संयोजन समितिको बैठक डाक्ने प्रचण्डसँग सहमति गरेकाे बताइउकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार