नेपाल कम्युनिस्ट पार्टी र नेकपा क्रान्तिकारी माअाेवादीबीच हालै उच्चस्तरमा भएकाे वार्ताले ३ बुँदे समझदारी गर्दै नयाँ स्तरमा पुगेर सहकार्य गर्ने सहमति भएकाे छ ।

उच्चस्तरीय बैठकपछि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र क्रान्तिकारी माअाेवादीका महासचिव माेहन वैद्य किरणद्धारा जारी विज्ञेप्तीमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि क्रान्तिकारी कम्युनिस्टहरूबीच एकताकाे प्रकियालार्इ अगाडि बढाउने निर्णय भएकाे छ ।

साथै बैठकले भारतले नेपाली भूमिमा गरेकाे हस्तक्षेपका विरूद्ध पनि संयुक्त रूपमा संघर्ष गरेर जाने सहमति गरिएकाे छ ।

दुर्इ पार्टीबीच बैठकले निकालेका निष्कर्षहरुलार्इ विज्ञेप्तीमा यसरी सार्वजनिक गरिएकाे छ ।

विज्ञेप्तीकाे पूरा पाठ :

१)कथित संविधानको कार्यान्वयनको सन्दर्भमासंसदवादी दलहरुले तीनै तहका निर्वाचनद्वारा नेपालमा प्रतिक्रान्ति पूरा गर्ने धृष्टता गरिराखेका छन । राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याहरू थप गम्भीर बनेका छन् । यो स्थितिले राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरूका बीचको एकता अनिवार्य आवश्यकता बन्न पुगेको छ भन्ने अघिल्लो बैठकको निष्कर्ष सही साबित भएको छ र यो प्रक्रियालाई अगाडि बढाउन छिटै आवश्यक पहल गर्ने निर्णय गरिएको छ ।

२)साम्राज्यवादी शासकहरुले आआफ्ना दलाल तथा भरौटेहरूको सहयोगमा नेपालमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक हस्तक्षेप गर्दै आएका छन् । यो प्रक्रियामा मुख्यतः भारतीय शासक वर्गले १९५०को असमान सन्धि र अन्य विविध सम्झौताहरूमार्फत नेपाली जलस्रोतमाथिको हस्तक्षेप, सीमा अतिक्रमण र व्यापारिक हस्तक्षेप बढाउँदै लगेको छ । माथिल्लो कर्णाली, अरुण ३ पुनः भारतीय ठेकेदार कम्पनीलाई सुम्पने देउवा सरकारको पछिल्लो निर्णय, बीरगञ्जको छपकैयामा भएको भारतीय सीमा अतिक्रमण, नेपाली सामानलाई भारतीय बजारमा पैठारी गर्न रोक आदि कुराले स्थितिलाई अरू गम्भीर बनाएको छ । खाद्यान्न, तरकारी लगायत उपभोग्य वस्तुको मूल्य आकासिँदो छ । बेरोजगारीका समस्या विकराल छन् र कथित संविधानले उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका समस्यालाई सम्बोधन गरेको छैन । यी समस्यालाई अब बन्ने भनिएको सरकारले पनि सम्बोधन गर्न सक्दैन । यो कुरा केही दिन अगाडि भारतीय परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गरेको बेला कथित बामगठबन्धनका नेताहरुले देखाएको निकृष्ट दलालीको रबैयाबाट प्रस्ट हुन्छ । यस स्थितिमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिंदै आएका सङ्घर्षका संयुक्त कार्यक्रमलाई थप व्यवस्थित गरी अगाडि बढाउनका लागि वामपन्थी, प्रगतिशील, जनतान्त्रिक तथा देशभक्त शक्तिहरुसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणको निम्ति शीघ्र पहल गर्ने निष्कर्ष निकालिएको छ । साथै तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय लिइएको छ ।

३)दुवै पार्टी र क्रान्तिकारी ध्रुवीकरण एवं एकताको प्रकृयामा सहभागी हुने क्रान्तिकारीसंग आगामी जनयुद्ध दिवस र सहिद  सप्ताहलाई केन्द्र र विभिन्न जिल्लाहरुमा संयुक्त रूपमा मनाउने निर्णय गरिएको छ ।

माथि उल्लेख गरिएका विषयमा सहभागिता जनाउन र सहयोग तथा समर्थन गर्नका लागि हामी श्रमिक, किसान लगायतका वर्ग र जनसमुदायलाई विशेष आह्वान गर्दछौं ।

………..                                                      …………..
विप्लव                                                      किरण
महासचिव                                               महासचिव
नेपाल कम्युनिस्ट पार्टी                            नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी

मिति २५ माघ २०७४

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार