नेपाल कम्युनिस्ट पार्टीनिकट ताम्सालिङ स्वायत्त प्रदेशले महंगी, कालाबजारी, तस्करी, भ्रष्टाचार, दलालीकरण एवं सबै खालको माफियाकरण विरुद्ध कारवाही क्रन्द्रीत गने भएकाे छ ।
ताम्सालिङ स्वायत्त प्रदेशसो प्रदेशका प्रमुख मणिक लामाले बिहीबार पत्रकार सम्मेलन गरी संघर्षको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा लामाले दलाल संसदीय व्यवस्थाले लादेका गरेका दर्जनौं असमान सन्धी सम्झौताको विरुद्ध नेपाली जनतालाई पुनः जागरुक गराउँदै क्रान्तिकारी देशभक्त परिवर्तनकारी शक्तिहरुको विच ध्रुवीकरण, सहकार्य र संयुक्त मोर्चामार्फत् भूकम्प पीडित जनताको दर्दनाक समस्या समाधानार्थ जनदवाव सृजना गर्ने बताए ।
स्वयात्त् प्रदेशले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको विकराल समस्यालगायत सबै खालको माफियाकरण विरुद्धको संघर्षलाई अझ बढी व्यापक बनाउँदै जनताको घरदैलो अभियान संचालन गर्ने उनले बताएकाे छ ।







