रेखा मगर, दाङबाट ।

राष्ट्रियताको मुद्धा उठाएर फरक राजनीतिक यात्रा तय गरेको नेत्र विक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीले सीमा क्षेत्रमा खवरदारी सुरु गरेको छ ।

नेपालमा भारतीय हस्तक्षेप तीव्र रूपमा बढेकाे भन्दै आएको नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले नेपाल र भारतकाे सीमा क्षेत्रमा पुगेर नेपालको झण्डा गाड्न पुगेका छन् ।

यसैक्रममा संगठनको केन्द्रीय कार्यक्रम अनुसार अखिल क्रान्तिकारीले दाङको कोइलावास नाकामा सीमा अतिक्रमनका विरुद्ध विरोध प्रदर्शन गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा गाडेको छ । संगठनका केन्द्रीय सचिवालय सदस्य तथा राप्ती क्षेत्रीय समन्वय समिती संयोजक नरेन्द्र विक लगाएतको उपस्थितिमा सीमामा पुगेर झण्डा गाडिएको हो ।

सिमा अतिक्रमण, राष्ट्रिय एवं अन्तर्रा्ष्ट्रिय सन्धि सम्झौताका विरुद्ध दाङको कोइलावास नाकामा विरोध प्रदर्शन गरिएको संगठनले बताएकाे छ ।

विरोध प्रदर्शनका क्रममा भारतीय हस्तक्षेप बन्द गर, राष्ट्रियताका लागी जागरुक बनौ लगाएतका नारा लगाईएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार