नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीका विरूद्ध बरिष्ठ नेताहरू झलनाथ खनाल र माधव कुमार नेपालसहित उपाध्यक्ष वामदेव गौतम उभिएका छन् ।
अाेलीले एकलौटी गरेको भन्दै बरिष्ठ नेताहरू झलना खनाल र माधव कुमार नेपालसहित उपाध्यक्ष वामदेव गौतमले ओलीविरुद्ध मोर्चावन्दी गरेका हुन् ।
अध्यक्ष ओलीले प्रदेश सभाको मुख्यमन्त्री चयनदेखि सभामुख चयनसम्म गुटबन्दी गरेको र एकलौटी ढंगले अघि बढेको भन्दै अब केन्द्रिय सरकार गठनमा मन्त्रीहरुमा भाग खोज्ने तीन नेताहरुको तयारी रहेको छ ।
माओवादी केन्द्रसँगको एकताको तयारीमा जुटेको एमालेभित्र यस्तो हुनु गलत भएको एमालेका एक नेताले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ओलीले यस्तै गरिरहे राम्रो नहुने भन्दै बरिष्ठ नेता खनाल र नेपालसँगै उपाध्यक्ष गौतमले मोर्चावन्दी कस्ने भएका हुन् ।







