
एमाले गठबन्धनमा रहेर सरकारमा कसले नेतृत्व गरेर जाने भन्ने सवालमा माओवादी केन्द्रभित्र तीव्र विवाद सुरु भएको छ।
पेरिसडाँडा उच्च स्राेतका अनुसार माओवादी केन्द्रभित्र कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्माले सरकारको नेतृत्व गरेर जाने चाहनाअनुसार लबिङ गरिरहेकोले पार्टीमा ठूलाे विवाद उत्पन्न भएकाे माओवादी केन्द्रका एक उच्च् नेताले बताए।
याे विवादलार्इ साम्य पार्न प्रचण्डले रामबहादुर थापा बादललार्इ अगाडि सार्ने बुझिएकाे छ ।
पार्टीमा शीर्ष तहमा रहेका नारायणकाजी श्रेष्ठले निर्वाचनमा पराजित भएपछि पार्टी अध्यक्ष प्रचण्डपछि वरियतामा रामबहादुर थापा बादल अग्रपंक्तिमा छन्।
प्रधानमन्त्री या मन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था रहे पनि राष्ट्रियसभाको सदस्य पनि मन्त्री बन्न पाउने भएपछि रामबहादुर थापा बादलले नै माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने विषयमा मोटामोटी शीर्ष तहमा सहमति जुटेको बताइएकाे छ ।
तर यसअघि पटक पटक मन्त्री भइसकेका महरा, रायमाझी, जनार्दन र पुनकाे अा अाफ्नै लबिङले माअाेवादी केन्द्रभित्र तीव्र विवाद निम्तिएकाे हाे ।







