पछिल्लाे समयमा भारत र केपी शर्मा अाेलीबीच सुमुधुर सम्वन्ध बढ्दै गएकाे छ । खासमा के स्वार्थले अाेली माेदीसँग नजिए या माेदी अाेलीसँग सम्वन्ध विस्तार गर्न तयार भए ? यसकाे भित्री रहस्यबारे अझै केही समय कुर्नैपर्छ ।

तर  सत्य के हाे भने यी दुर्इ पक्षले एक अर्कालार्इ प्रयाेग गरेर अाफु बलियाे हुन सहकार्यकाे हात अगाडि बढाएकाे देखिन्छ । अाेली र दिल्ली (मादी)काे भित्री दाउ के छन् भन्नेेबारे एक विश्लेषककाे विश्लेषण यस्ताे छ ।

ओली दाउ यस्ताे छ 

दिल्ली सत्तासँग बिग्रेको सम्बन्ध सोल्टी होटलको वान टु वान बार्ता पछि सुमधुर हुन पुगेको मान्ने कमरेड ओली वाम एकतालाई लम्ब्याउन चाहान्छन् । दिल्ली दाहिना बनाउँदै सिंहदरबारको ढोका खोल्न सफल भएको महसुस हुनासाथ तत्काल आफ्नो सत्ता यात्रामा कुनै अबरोध नरहेको निचोडले कमरेड प्रचण्ड रक्षात्मक बन्नेछन भन्ने कमरेड ओलीको निष्कर्ष रही आएको छ ।

दिल्ली रिझाउँदै प्रधानमन्त्रीको कुर्सी मधेशी दलहरूको साथ र समर्थनबाट प्राप्त गर्ने ओली चाहनालाई तत्काल चाहेर पनि कमरेड प्रचण्डले भाँजो हाल्न नसक्ने संसदीय अंकगणित तयार गरिसकेको पुष्टि उनको ‘बडी ल्याङ्ग्वेज’ले गरिसकेको छ । प्रधानमन्त्रीको कुर्सीप्राप्ति पश्चात पार्टी एकतालाई अगाडी बढाउँदा माओवादी केन्द्रका विभिन्न ब्यक्तीलाई अनेक प्रभावमा पार्न सकिने हुँदा प्रचण्ड थकित हुँदै एकीकृत पार्टीमा सहअध्यक्ष पदमै राजी हुन्छन् भन्ने कमरेड ओलीको निचोड रहेको मान्न सकिन्छ ।

दिल्लीकाे यस्ताे छ  दाउ

सन् १९५० पछि नेपाललाई आफ्नो मुट्ठीमा राख्ने नेहरू नीति संविधान जारी हुँदै गर्दा अकस्मात ठेस लाग्न पुगेको कारण भारतीय सत्ताले नाकाबन्दीमार्फत खास रूप देखाउन पुग्यो । विभिन्न कालखण्डमा उत्तरतिर बहुत राम्रो सम्बन्ध बनाउन पुगेको तात्कालिन दरबारले समेत गर्न नभ्याएको पारवहन सन्धी आफ्नै पुरानो मित्रबाट नाकाबन्दीको बहानामा गर्न पुगेको कारण दिल्ली सत्ता नराम्रोसँग झस्किन बाध्य भयो ।

चीनसँग पारबहन सन्धी गरेबापत ओलीलाई दिएको पुरस्कार उल्टो आफैतिर फर्काउँदै निर्माण गरेको वाम गठबन्धन पश्चात जनताले दिएको जनादेश डिजास्टर नै बन्ने महशुस गर्न बाध्य भयो । मोदी सत्ता र कमरेड ओलीको स्वार्थलाई वर्तमान जनादेशले एक ठाँउमा उभिन बाध्य पार्दा काठमाण्डौंमा बढदै गरेको चिनिया प्रभाब रोक्ने र वाम एकतामा बिघ्न बाधा पुर्याउने सुष्मा आगमनको चर्चा स्वाभिक मानिदै छ ।

ओलीको दोश्रो इनिङलाई भारततिर आकर्षित गर्ने दिल्ली दाउले नेपालमा बन्दै गरेको वाम एकतालाई सकेसम्म हुनै नदिने, नसके टाढा धकेल्ने, कथम कदाचित हुने नै भएमा वाम पार्टी भित्र आफ्ना सेवकहरू लाई उचित स्थान दिलाउने दिल्ली रणनीति रहेको पाइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार