एमाले र माओवादी केन्द्रबीचको एकता धरापमा परेसँगै नयाँ सरकारको सत्ता समीकरण फेरबदल हुने देखिएको छ ।

पार्टी एकता गरेर बहुमतको सरकार बनाउने भनेका एमाले र माओवादीबिच पछिल्लो सयम तिक्तता बढ्दै गएपछि नयाँ सरकार निर्माण पनि प्रभावित भएकाे छ ।

माओवादी केन्द्रले सरकार गठनभन्दा अघि नै पार्टी एकताको मोडालिटी स्पष्ट हुनुपर्ने अडान राखेपछि एमाले अप्ठ्यारोमा परेको छ ।माओवादीले पार्टी एकता सम्माजनक रुपमा हुनुपर्ने भन्दै एकीकृत पार्टीको अध्यक्ष प्रचण्डलाई बनाउनुपर्ने आशय व्यक्त गर्दै आएको छ ।

एमालेले भने प्रचण्डलाई अध्यक्ष दिन मानिरहेको छैन । पार्टी एकता नभए माओवादी केन्द्र सरकारमा नजाने, माओवादी केन्द्र सरकारमा नगएको अवस्थामा एमालेसँग बहुमत नहुने भएपछि प्रधानमन्त्री बन्न तयार भएका केपी ओली समस्या पर्ने निश्चित छ ।

यस्तो अवस्थामा एमालेले राजपा र फोरमलाई साथ लिएर सरकार बनाउने बाटो खुला छ । तर संविधान संशोधनका लागि एमाले तयार नभएसम्म उसको नेतृत्वका सरकारमा नजाने फोरमले बताउँदै आएको छ ।

ओलीलाई बहुमतको सरकारको नेतृत्व गर्नका लागि कांग्रेसलाई सरकारमा सहभागी गराउने विकल्प खुला छ । तर कांग्रेस अहिले सरकारमा सहभागि हुने सम्भावना लगभग छैन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार