भारतीय कम्पनीलार्इ ठूलाे फाइदा हुनेगरी सुर्खेतमा खडा गरिएकाे जीएमआरको कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीले अाक्रमण गरी ध्वस्त बनाइदिएकाे छ ।

कार्वाहीबाट उक्त कार्यालय ध्वस्त भएको नेकपाले जनाएको छ । नेपालको सम्पत्ति जलस्र्रोतमाथि राष्ट्रघात भएको भन्दै नेकपाले विदेशी शासकको स्वार्थमा बनेकाे परियाेजना ध्वस्ता पार्ने याेजनामा यस्ताे अाक्रमण गरिएकाे साे पार्टीले बताएकाे छ ।

नेपालका सबै संसदीय नेताको आत्मसमर्पणकारी नीतिका कारणा नेपालको प्राकृतिक स्रोत र साधन विदेशीकाे हातमा गएकाेले ती स्राेत साधन फिर्ता गर्न यस्ता अाक्रमण गर्नु परेकाे नेकपाकाे भनार्इ रहेकाे छ।

साे कार्वाहीबाट अातंकित भएर नेपाल प्रहरीले जीएमआरको कार्यालयमाथि आक्रमण गरेको आरोपमा नेकपाका ३ जना कायकर्तालाई गिरफ्तार गरेको पार्टीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार