माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिने बताएका छन् ।

चितवनमा अाज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अहिलेको तरलकृत राजनीतिक सन्दर्भमा आफूले जस्ताेसुकै निर्णय लिन तयार रहेकाे बताए ।

एमाले र माअाेवादी केन्द्रबीचकाे पार्टी एकीकरण कमजाेर बन्दै गएकाे भन्दै प्रचण्डले एमालेसँगकाे एकीकरण टुंगिनतिर गएकाे खुलासा गरे ।

‘म काठमाडौँ गएपछि कुराकानी हुन्छ । मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस्’ उनले अगाडि थपे, ‘पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।’

त्यसाे त प्रचण्डले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार