
प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यको ढुकुटीको दोहन गर्दै जथाभावी निर्णय गरेको विरोधमा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले ‘देउवालाई रु १ सहयोग’गरौं भन्ने अभियान सुरु गरेको छ ।
निर्वाचनपछि कामचलाउ हैसियतमा पुगेको सरकारले राज्यकोषमाथि व्ययभार पर्ने गरी एक पछि अर्को निर्णय गरिरहेको भन्दै क्रान्तिकारीले यस्ताे अभियान सुरू गरेकाे बताएकाे छ ।
‘राज्यको ढुकुटी रित्तिएकाले अब थप रित्याउनका लागि पैसा पुग्दैन होला भनेर हामीले विरोध स्वरुप रु १ सहयोग गरौं भन्ने अभियान थालेका हौ’ क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने,‘मुलुकभरका क्याम्पसहरुमा यो अभियान जारी छ ।’
उनले केही दिन अझै रकम संकलन गरेर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुझाउने जानकारी दिए ।







