
‘शान्ति, समानता, स्वाधीनता र समृद्धिको लागि प्रवासी नेपालीहरु एक होआैं ! विचार संप्रेषण र सुदृढ संगठनको लागि प्रथम राज्य सम्मेलन सफल पाराैं ! !’ भन्ने मुल नाराका साथ प्रवासी नेपाली जनसमाजअन्तर्गत दिल्ली राज्य समितिकाे प्रथम राष्ट्रिय सम्मेलन दिल्लीमा सम्पन्न भएकाे छ ।
सयाैं प्रवासी नेपाली उपस्थित भएकाे साे सम्मेलनकाे उदघाटन नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रका अाेली सुदर्शनले गरेका हुन् । प्रथम राज्य सम्मेलनको घोषणासभालाई सम्बोधन गर्दै नेता सुदर्शनले स्वाधिन राष्ट्र र समृद्ध नेपाल निर्माण गर्नेबाहेक हाम्रो अर्को कुनै स्वार्थ नभएको बताए ।
दिल्ली राज्यको पश्चिम बिहार क्षेत्रमा विशाल जनसभालाई सम्बोधन गर्दै सुदर्शनले प्रवासी नेपालीहरुलाई विशेष धन्यवाद दिए। विगत १० वर्षीय जनयुद्धमा प्रवाशले गरेको योगदान र शान्ति प्रक्रियामा पार्टी भित्रको भीषण दुई लाइन संघर्ष पुराएको योगदानप्रति र अबको एकीकृत जनक्रान्तिमा पनि महत्वपूर्ण योगदान पुराउने आशा र विश्वास पनि व्यक्त गरे ।
उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रवास ब्युरो इन्चार्ज प्रथिकले लाखाैं प्रवासी नेपालीहरुको भविश्यको लागि निरन्तर संघर्ष गरिरहने बताए ।
जनसमाजका केन्द्रीय अध्यक्ष आजाद सेनथापाले प्रथम सम्मेलनद्वारा निर्वाचित लालबहादुर कुवरको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्य समितिमा उपाध्यक्ष दिल्लीराज पोखरेल, सचिव हिरालाल वि.क, सह–सचिव विष्णु जिसी र कोषाध्यक्ष माधव आरकेलगायतका सदस्यहरु रहेको घोषणा गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
उक्त घोषणा सभामा केन्द्रीय उपाध्यक्ष दामोदर पङ्गेनी, महासचिव मोतिराम गौतम, सचिव बिष्णु मल्ल, कोषध्यक्ष भिमकान्त घिमिरे, केन्द्रीय सदस्य भोजराज ढकाललगायत विभिन्न संगठनका प्रतिनिधिहरुले पनि बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनमा जनज्योति सास्कृतिक परिवार नोएडा, हिमाल स्मृति सांस्कृतिक परिवार पचिम दिल्ली र सनराइज सास्कृतिक परिवार पूर्वी दिल्लीका कलाकारहरुले बेजोड सांस्कृतिक प्रस्तुती देखाएका थिए ।

एकीकृत जनक्रान्तिको पक्षमा उभिए भारतस्थित प्रवासी नेपालीहरु

एकीकृत जनक्रान्तिको पक्षमा उभिए भारतस्थित प्रवासी नेपालीहरु








