२३ अाैं जनयुद्ध दिवसकाे अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महाचिव नेत्र विक्रम चन्द विप्लव जनयुद्धकाे केन्द्रविन्दु रहेकाे राेल्पा थबाङमा छन् ।

महासचिव विप्लव थबाङमा रहँदा त्यस क्षेत्रकाे चर्चित डाँडा पर्ने जलजला पहाडलार्इ युद्ध पर्यटनकाे रूपमा कसरी विकास गर्न सकिन्छ याेजनामा रहेर जलजला पहाडकाे अवलाेकन गरेका छन् ।

पहाडकाे अवलाेकनपछि महासचिव विप्लवले जनयुद्धकाे केन्द्र रहेकाे थबाङ र सबैकाे अार्दशकाे रूपमा रहेकाे जलजला पहाडलार्इ युद्ध पयर्टनकाे रूपमा विकास गर्न अाफ्नाे पार्टीले जुनसुकै भूमिका पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जलजला पहाडलार्इ अवलाेकन गर्ने क्रममा नेकपाका स्थायी समिति सदस्य सन्ताेष बुढामगर, जिल्लाका नेताहरूसहितकाे टीम सहभागी रहेकाे छ । साे पहाड जनयुद्धकाे केन्द्रभागकाे रूपमा रहेकाे समग्र राेल्पाकाे क्रान्तिकाे अार्दश र प्रतीककाे रूपमा चिन्ने गरिन्छ ।

नेकपा राेल्पाले जलजला पहाडलार्इ जनयुद्धकाे अार्दशकाे केन्द्रकाे रूपमा लिएकाे र त्यसलार्इ कसरी युद्ध पर्यटनकाे रूपमा विकास गर्न सकिन्छ भन्ने याेजना बनाएर अगाडि बढेकाे पार्टीका एक जिल्ला नेताले जानकारी दिए ।

नेकपा महासचिव विप्लव जलजला पहाडको अवलोकन गर्दै ।

नेकपा महासचिव विप्लव जलजला पहाडको अवलोकन गर्दै ।

नेकपा महासचिव विप्लव जलजला पहाडको अवलोकन गर्दै ।

नेकपा महासचिव विप्लव जलजला पहाडको अवलोकन गर्दै ।

तस्बीरहरू पाेष्टमान घर्तीकाे फेसबुकबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार