जनयुद्ध शुरू भएकै दिन पारेर नेपाल कम्युनिस्ट पार्टीकाे अाव्हानमा स्थानीय जनताले देशभरिका रहेका एनसेलका अाधा दर्जनबढी टावरमाथि अाक्रमण गरेका छन् ।

सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको एनसेलको टावरमा गए राती स्थानीयले आगजनी गरेका छन् ।

त्यसैगरी इटहरी उप-महानगरपालिका ११ खनार, कमलामाई नगरपालिका २ चपौली सिन्धुली, मिथिला बिहारी नगरपालिका २ सिरशैया पत्तथरकोट धनुषा, धनकुटा नगरपालिका वडा नं. मार्गा धर्मशालामा रहेकाे एनसेल टावरमाथि पनि ताेडफोड र आगजनी भएकाे छ ।

उता सुदुरपश्चिमको डडेलधुरामा रहेकाे एनसेल टावरमाथि स्थानीयकाे अाक्रमणबाट क्षतिग्रस्त भएकाे बताइएकाे छ ।

राज्यलार्इ तिर्नुपर्ने अर्बाै रकम एनसेलले नितिरेकाे, ग्राहकलाई शोषण गरेको राजस्व ठगी गरेको भन्दै नेकपाले यसअघि पनि देशैभरी अाक्रमण गरेकाे थियाे ।

अहिले भएकाे अाक्रमण पनि त्यसैकाे निरन्तरता रहेकाे नेकपाका एक नेताले बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार