
माओवादी केन्द्रका विद्रोही नेता लोकेन्द्र बिष्ट मगरले प्रतिक्रियावादी सत्तामा पुगेर पुष्पकमल दाहाल (पिके) र खड्क प्रसाद ओली (केपी)लाई क्रान्ति पूरा भएपनि नेपाली जनतालाई पूरा नभएको बताएका छन् ।
जनयुद्ध शुरु गर्दाको अवस्था र अहिले पनि नेपाली जनताको जीवनमा आधारभूत परिवर्तन नआको भन्दै नेता बिष्टले आम गरिब भोकानांगा नेपालीहरुको जीवनमा परिवर्तन ल्याउन अर्को क्रान्ति आवश्यक भएको धारणा राखे ।
नेकपा र माओवादी केन्द्रको आयोजनामा राजधानीमा भएको २३ औं जनयुद्ध दिवसको अवसरमा बोल्दै जनयुद्ध शुरुगर्दाको केन्द्रीय समिति सदस्यसमेत रहेका बिष्टले प्रचण्डले जनयुद्धको लक्ष्य र सपना भुलेर कुतीको यात्रा तयर गरेर कासीतिर गएको आरोप लगाए ।
नेता बिष्टले पेरुका नेता गोन्जालोले भन्ने गरेको नेता मर्नै हुँदैन भन्ने भनाईलाई प्रचण्डले एकसुत्रको रुपमा लिदा उनी खारााको दोस्रो असफल आक्रमणपछि डराएर शान्तिप्रक्रियाको बाटो लिन पुगेको खुलासा गरे ।
प्रचण्डलाई बाघजुँघे बुढाको रुपमा विश्लेषण गर्दै नेता बिष्टले आफmुहरुलाई क्रान्ति गर्छु गर्छु भनेर ढाँट्दै ढाँट्दै यहाँसम्म ल्याइपुर्याएको तर अब प्रचण्डबाट कुनै क्रान्तिको सपना नभएको जिकीर गरे ।
प्रचण्डले एमालेसँग पार्टी एकीकरण गर्न खोजेर जनयुद्धको धारलाई समाप्त पारेको भन्दै विप्लव नेतृत्वको नेकपा र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसहितको धार एक ठाउँमा आउनु पर्ने नेता बिष्टको जोड थियो ।







