निकै लामाे रस्साकस्सीपछि नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिपछि मात्र पार्टी एकता गरिने सहमति भएकाे छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अलोपालो गरेर प्रधानमन्त्री बन्ने सहमति भएको छ । सहमति अनुसार सुरुका ३ वर्ष केपी ओली प्रधानमन्त्री बन्ने छन् । त्यसपछिका २ वर्ष प्रचण्ड प्रधानमन्त्री हुनेछन् ।

आजको सहमति अनुसार एमाले र माओवादी केन्द्र  मिलेर बन्ने नयाँ पार्टीको नेतृत्व भने ओली र प्रचण्ड दुवैले संयुक्त रुपमा गनेछन् ।

दुई अध्यक्षबीचको यो सहमतिलाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समितिको बैठक अहिले पनि बसिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार