नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन्। माओवादीको समर्थनमा विहीबार विहान मात्रै ओलीले प्रधानमन्त्रीमा दावी पेश गरेका थिए।







