माओवादी केन्द्र केपी ओलीले नेतृत्व गरेको सरकारमा सहभागी नहुने भएको छ।

माओवादी केन्द्रले ओली सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको छ। बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो।

गएरातिको बैठकमा लिखित सहमति गर्ने बेलामा एमालेले जनताको बहुदलीय जनवाद(जबज) छोड्ने नसक्ने बताएपछि माओवादी केन्द्रका नेताहरू भड्किएका थिए।

माओवादी केन्द्रले भने जबज र २१ औ शताब्दीको जनवाद दुवैलाई थाती राखेर महाधिवेशनमा जानु पर्ने प्रस्ताव राखेकाे थियाे। एमालेले जबज छोड्न नसकिने बताएपछि माओवादी तत्काललाई सरकारमा नजाने निर्णयमा पुगेको हो।

प्रधानमन्त्री ओलीले माओवादीसँग पहिलो मन्त्रिपरिषदको गठनका लागि दुईजना मन्त्री मागेका थिए। माओवादीले सरकारमा तत्काल नजाने भन्दै मन्त्रीको नाम समेत पठाएन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार