
नेपाल कम्युनिस्ट पार्टीकाे सत्ताकाे अभ्यासमा रहेकाे मगरात स्वायत्त प्रादेशिक जनपरिषदले वर्तमान दलाल सरकारलार्इ कर नतिर्न अाव्हान गरेकाे छ ।
मगरात सवायत्त जनरिषद नेपालका प्रमुख नन्दबहादुर बुढामगरले नेपालमा समानान्तर सरकार सञ्चालनन भइरहेको भन्दै वर्तमान सरकारलाई कर नतिर्न आह्वान गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रमुख बुढामगरले दलाल पुँजीवादी संसदीय व्यवस्थाले चुनाव गरेलगत्तै सिंहदरवारको भ्रष्टाचार गाउँसम्म पुगेको, सिंहदरबारको भ्रष्टाचारले सबैखाले करवृद्धि गरी जनताको ढाड सेकेको र नेपाली जनताका लागि आकासिएको करवृद्धि थेग्नै नसक्ने बोझ भन्दै दलाल पुँजीवादी व्यवस्थालाई कुनै पनि कर नतिर्न अपिल गरेका हुन् ।
बुढामगरले देशमा जनताका उपभोग्य वस्तुहरुमाथि गरिएको मूल्यवृद्धिले जनतालाई दैनिक जीविका चलाउन कठिन भएको, शिक्षामा भएको व्यापारीकरण र दलालीकरणले गरिबका छोराछोरी शिक्षा र प्राविधिक शिक्षा पढ्नबाट वञ्चित हुँदै आएकाले भने यो मुठीभर दलालहरुको एकलौटी पेवा बनिरहेको विज्ञप्तिमार्फत जनतालार्इ सचेत हुन अाग्रह गरिएकाे छ ।
माथिल्लो कर्णाली, अरुण तीन, उच्च कोशी बाँधजस्ता राष्ट्रघाती सम्झौता दलाल पुँजीवादी वर्गका लागि सत्ता र कुर्सी टिकाउने साधन बनेकाले दलाल पुँजीवादी तथा सामाजिक दलाल पुँजीवादी वर्ग सयौं वर्ष स्थायी सरकार बनाएर सत्तासीन भए पनि जनघात र राष्ट्रघातको शृङ्खला नरोकिने जनसरकारको निष्कर्ष छ ।







