नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रचण्ड, बादल र बाबुरामहरू दलाल संसदवादी व्यवस्थाकाे भतुवा र मतियार बन्न पुगेकाे बताएका छन् ।

जनयुद्धलार्इ कुनैबेला अातंकवादी भनेर नरसंहार मच्चाउने व्यवस्थाकाे विरूद्ध लडेका नेताहरू अाज उनीहरू त्यही व्यवस्थामा  छिरेर नेपाली जनतामाथि ठूलाे घात गरेकाे महासचिव विप्लवकाे भनार्इ छ ।

नेकपा निकट साप्ताहिक पत्रिका राताेखबरलार्इ अन्तर्वार्ता दिदै महासचिव विप्लवले प्रचण्ड, बादल र बाबुराममा निम्न पुँजीवादी अवसरवाद हावी हुँदा जनयुद्धलार्इ बीच बाटाेमा धाेका दिन पुगेकाे अाराेप लगाए ।

अर्काे एक प्रसँगमा महासचिव विप्लवले  ०५७ पछि नेपाली जनयुद्धले भीषणता हासिल गरेपछि त्यसबाट बच्न प्रचण्ड र बाबुराममा कायरता पैदा भएकाे र भारतकाे शरणमा पुगेकाे गंभीर अाराेप लगाएका छन् ।

महासचिव विप्लवले राताेखबरसँग गरेकाे कुराकानीकाे सानाे अंश :

अहिले आएर जनयुद्धका मुख्य योजनाकार भनेर चिनिने प्रचण्ड, बादल र बाबुरामहरूले जस्तो बाटो तय गरिराख्नुभएको छ, यस्तो यात्रामा हुनुको मुख्यकारण के होला ?

के साँचो हो भने प्रचण्ड, बादल, बाबुराम जनयुद्धका मुख्य पात्रहरू हुन् । विडम्बना ! उनीहरू आज जनयुद्धलाई आतङ्कवादी भनेर नरसंहार मच्चाउने दलाल संसद्वादीका भतुवा र मतियार बन्न पुगेकाछन् । यो राजनीतिक इतिहासमा एउटा प्रहसन बन्न पुगेकोछ । यसो हुनुको पछाडि खासमा प्रचण्ड, बादल र बाबुराममा रहेको निम्नपुँजीवादी अवसरवाद मुख्य कारण देखिन्छ । उनीहरूले जनयुद्धको तयारी र २०५६ सालसम्म क्रान्तिकारी भूमिका नै पूरा गरेका हुन् तर जब क्रान्तिको भीषणता देखे तब उनीहरू भारतको शरणमा पुगेछन् ।

यो कुरा पार्टीलाई थाहा थिएन । सजिलै सत्ताको चाहना राख्नु, आफू बलिदानका लागि तयार हुन नसक्नु, क्रान्तिलाई अन्तिमसम्म पु¥याउनेमा कायरता देखा पर्नु यसको समस्या हो । दोस्रो, उनीहरू जब शान्तिप्रक्रियामा पुगे त्यसपछि जनतामा फर्किएर क्रान्ति हाँक्ने सम्भावना नदेख्नु वा पुँजीवादी सत्ताको स्वाद पाएपछि त्यसबाट बाहिर आउन तयार नहुनु, बरु आत्मसमर्पणतिर जानु समस्या भयो । तेस्रो, साम्राज्यवादी र दलाल पुँजीवादीहरूको घेरालाई तोडेर क्रान्ति बढाउने मनोबल नहुनु समस्या भयो । जब मान्छेले आदर्श बिर्सेर पदप्रतिष्ठा, सुखसुविधा, धनपैसातिर मन डुलाउँछ तब क्रान्तिमा टिक्ने कुनै सम्भावना नै रहँदैन । ऊ एक नेताको हैसियतबाट दासको स्तरमा गिर्न पुग्छ । प्रचण्ड, बादल र बाबुरामको हालत अहिले दासको भन्दा फरक छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार