वामपंथी साहित्यकार खगेन्द्र संग्राैलाले माअाेवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डले एमालेसँग अात्मसमर्पण गरेर पार्टी एकता गर्न खाेजिरहेकाे भन्दै कडा शव्दमा प्रहार गरेका छन् ।

साहित्यकार संग्राैलाले माअाेवादी केन्द्र माकेले शुरूमा अध्यक्षमा दाबी गरेकाे तर पछि सहअध्यक्षमा सीमित भएकाे, सिद्धान्तमा ठूलाे सम्झाैता गर्न खाेजेकाे भन्दै माकेकाे झाँकाे झारेका छन् ।

माअाेवादी केन्द्रलार्इ संग्राैलाले सुगाकाे बथानकाे संज्ञा समेत दिएका छन् ।

‘माकेका सहस्र मुख एक स्वरमा भन्दैथिए – पूरा अध्यक्ष नपाए मरिगए एकता हुन्न। अब तिनै मुख भन्लान् – पूराभन्दा अाधा राम्राे, अध्यक्षभन्दा सहअध्यक्ष राम्राे, शिरभन्दा पुच्छर राम्राे, देहभन्दा छायाँ राम्राे, अगुवाभन्दा पछुवा राम्राे, जे पायाे त्यही राम्राे।’ संग्राैलाले भनेका छन्, ‘माके त नाइकेका सुगाकाे बथान रहेछ ब्राे !’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार