प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।

मोदीले फागुन ३ गते राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । टेलिफोन संवादमा मोदीले आफू नेपालको समग्र आर्थिक विकासको पक्षमा रहेको बताएकाे भारतीय उच्च स्राेत बताउकाे छ ।
‘तपाईको कार्यकालमा नेपालमा आर्थिक प्रगति र उन्नति होस्, त्यसको लागि भारत जस्तोसुकै सहयोग गर्न तयार छ ।’ माेदली अाेलीलार्इ भनेका छन्, ‘तपाईसँग मिलेर सहकार्य गरेर नेपालमा विकासको क्षेत्रमा विशेष सहयोग गर्न तयार छु ।’
प्रतिउत्तरमा ओलीले आफ्नो दुईवटा एजेण्डा रहेको बताउँदै नेपालको विकास र समृद्धिलाई अघि बढाउँदै नेपाल भारतबिचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ र सुमधुर बनाउने रहेको बताए ।
ओलीले भने, नेपालको आर्थिक विकासमा भारतको विगतदेखि नै सहयोग रहँदै आएको छ । अब सहयोग अझै बढ्ने विश्वास मैले लिएको छु ।
टेलिफोन सम्वादमा मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता दिदै स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् ।
त्यसैगरी ओलीले पनि मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन् ।







