एमाले र माओवादी केन्द्रवीचको एकता दुवै पार्टीका अध्यक्षवीच बुधबार भएकाे सहमतिअनुसार नै टुँगो लाग्ने भएको छ ।

महाधिवेशनसम्म माअाेवाद र जबजलार्इ सँगै बाेकेर लैजाने एमाले र माअाेवादी केन्द्रका दुर्इ अध्यक्ष सहमत भएकाे एमाले स्राेत बताएकाे छ ।

‘दुवै अध्यक्षवीच भएको सहमति अनुसार नै पार्टीले लिने विचार जबज र माओवादलाई एकता महाधिवेशनसम्म सँगै लिएर जाने छ, एमाले सचिव प्रदीप ज्ञवालीले  भने, ‘महाधिवेशनले जे निर्णय गर्छ त्यही मान्नेबारे सहमति भएको छ, अब हामी यही सहमति अनुसार नै अघि बढ्छौं, यसमा कुनै दुईमत छैन् ।’

बुधबार ललितपुरको एक नीजी घरमा बसेको एकता संयोजन समितिको बैठकमा एमाले नेताहरुले जबजलाई नै मुल नीति बनाउनुपर्ने अडान लिएपछि एकताबारे ठोस निर्णय हुन सकेको थिएन । अाज बिहीबार दुवै अध्यक्ष ओली र प्रचण्डबीच भद्र सहमति बनेको छ ।

आजमात्रै प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति लगायत मन्त्रीमा समेत प्याकेजमै सहमति भएर सरकारमा सहभागी जनाउने प्रतिबद्धतता जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार