माअाेवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर  एमालेकाे जबजलार्इ मानेर अाफ्नाे पार्टी सरकारमा जान नसक्ने बताएका छन् ।

राजधानीमा अायाेजित अाजकाे एक अन्तरक्रियामा महराले यस्ताे कुरा बताएका हुन् ।

“मुख्य कुरा विचारको हो, माओवादी केन्द्रले माओवादलाई मान्दै आएको छ भने एमालेले जबजलाई सिद्धान्तको रुपमा मान्दै आएको छ । महराले भने,’ हामीले दुबैलाई छलफलमा लैजाउ भनेका छौँ तर एमाले जबज मान्नुपर्छ भन्दै आएको छ, यो सम्भव छैन”

प्रा.डा. गोपाल सिवाकोटीद्वारा लिखित ‘कुटनीतिशास्त्र’ को विमोचन गर्दै माओवादी केन्द्रका वरिष्ठ नेता समेत रहेका महराले आफ्नो पार्टीले जबज मानेर एकता नगर्ने बताए ।

“एमाले पनि माओवादमा आउँदैन, त्यसैगरी माओवादी केन्द्र जबजमा आउँदैन” महराले भने, ‘एकता भनेको दु्वैले नयाँ ठाउँमा जाने हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार