सरकारमा नजाने भनेर अड्काे थापिरहेकाे माओवादी केन्द्र अन्तत प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सरकारमा सहभागी हुने भएकाे छ।

माअाेवादी केन्द्रकाे उच्च स्रोतका अनुसार बिहीबार नै माओवादीका मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिने याेजना भएपनि अान्तरिक गृहकार्यकाे अभावका कारण संभव हुन सकेकाे थिएन।

उच्च स्राेतले बताएअनुसार सरकारमा कसले नेतृत्व गरेर जाने भन्ने विषयमा माओवादीभित्र विवाद भएका कारण बिहीबार माओवादीका मन्त्रीले सपथ लिन नसकेका हुन् ।

ओली नेतृत्वको सरकारमा माओवादीका तर्फबाट नेताहरू, रामबहादुर थापा बादल, कृष्णबहादुर महारा, वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्माले दाबी गरेका छन् ।

सरकारकाे नेतृत्व गरेर जान धेरै अांकाक्षी देखिएपछि प्रचण्डले बादलकाे नेतृत्वमा पठाउने अान्तरिक कसरत गरेकाे बुझिएकाे छ ।

वैद्य माअाेवादीबाट ठूलाे टीम लिएर गएका बादललार्इ एकपटक अवसर दिन सरकारको नेतृत्वमा प्रचण्डले सहमति जाहेर गरेका छन् ।

उसाे त बादलले मन्त्री बन्ने ठूलाे इच्छा जनाएपछि प्रचण्डले त्यसैमा सहमति व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार